Friday 27 September 2019

राष्ट्रसंघ महासभामा मोदीले भने- हामीले विश्वलाई युद्ध होइन, बुद्ध दिएका छौं

११ असोज, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतले विश्वलाई युद्ध नभइ बुद्ध दिएको बताएका छन् । शुक्रबार संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्दै मोदीले भारतले विश्वलाई शान्तिको सन्देश दिएको दाबी गरे ।

मोदीले भने, ‘सबैभन्दा ठूलो बलिदान यदि कुनै देशले दिएको छ भने त्यो भारतले दिएको छ, हामी त्यो देशका बासिन्दा हौं, जसले विश्वलाई युद्ध होइन, बुद्ध दिएको छ । पूरै विश्वलाई शान्तिको सन्देश दिएको छ ।’

मोदीले महासभालाई हिन्दी भाषामा १७ मिनेट सम्बोधन गरेका थिए । सम्बोधनको क्रममा मोदीले आतंकवाद विश्वका लागि खतरा रहेको बताए । उनले भने, ‘हाम्रो आवाजमा आतंकविरुद्ध विश्वलाई सतर्क बनाउने गम्भीरता छ र आक्रोश पनि छ ।’

मोदीले आतंकवाद कुनै एक देशका लागि मात्र नभइ पूरै विश्व समुदायको लागि ठूलो चूनौति रहेको बताए । उनले आतंकवादविरुद्ध एक जुट हुन विश्व समुदायलाई अपिल गरे ।



source https://www.onlinekhabar.com/2019/09/799798

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More