१० असोज, काठमाडौं । पाकिस्तानी विदेश मन्त्री शाह महदुद कुरैशीले भारतीय समकक्षी एस जयशंकरलाई कसाइको संज्ञा दिएका छन् ।
न्युयोर्कमा भएको सार्क विदेश मन्त्रीस्तरीय बैठकमा जयशंकरलाई बहिस्कार गरेका कुरैशीले उनको पछिल्लो कार्यशैलीप्रति आक्रोस पोख्दै कडा अभिव्यक्ति दिएका हुन् ।
इन्डियन एक्सप्रेसका अनुसार, मन्त्रिस्तरीय बैठकमा कुरैशी एस जयशंकर रहँदासम्म प्रवेश नगरी बाहिरै बसेका थिए । भारतीय समकक्षी बाहिरिएलगत्तै प्रवेश गरेका उनले कश्मीरका कसाइ जयशंकर सहभागी भएकाले आफू बैठकमा नआएको बताएका थिए । ‘तपाईंलाई के लाग्छ, म कश्मीरका कसाइसँगै बस्छु’, बैठकस्थलमा कसाइले व्यक्त गरेको भनाइ उद्धृत गर्दै इन्डियन एक्सप्रेसले लेखेको छ ।
यो पनि पढ्नुहोस जम्मु–कास्मिर मामिलामा कसैको टाउको दुख्न आवश्यक छैनः भारतीय राजदूत
पछिल्लो समय भारतले कश्मीरलाई दिएको विशेष संवैधानिक अधिकार खोसेपछि दुई देशबीच सम्बन्ध चिसिएको छ ।
कुरैशी सहभागी नभएको बैठकमा जयशंकरले पाकिस्तानलाई चुनौतीपूर्ण छिमेकीका रूपमा वर्णन गरेको बीबीसी हिन्दीले उल्लेख गरेकाे छ । पाकिस्तानसँगको सम्बन्ध चिसिरहेका बेला जयशंकरले आतंकवादको हतियार हुने छिमेकीसँग वार्ता गर्न नसक्नेसमेत प्रष्ट पारे । पाकिस्तानसँग क्रिकेट खेल्ने सवाल नरहेको पनि उनले बताएका छन् ।
यो पनि पढ्नुहोस जम्मु-कस्मिरबारे युएनमा सम्बोधनअघि पाकिस्तानी दूतावासले गर्यो छलफल
source https://www.onlinekhabar.com/2019/09/799555
0 comments:
Post a Comment