Thursday, 26 September 2019

देउवा र अमेरिकी राजदूत बेरीबीच भेट   

९ असोज, काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत र्‍यान्डी डब्ल्यु बेरीले शिष्टाचार भेटवार्ता गरेका छन् ।

सभापति देउवा निवास बूढानीलकण्ठमा बिहीबार भएको भेटवार्तामा उनीहरुबीच समसामयिक राजनीति र द्विपक्षीय आपसीहितका विषयमा छलफल भएको सभापति देउवाका सहयोगी भानु देउवाले जानकारी दिए ।

भेटमा उनीहरुबीच द्विपक्षीय सम्बन्धलाई थप मजबुत बनाउने र दुई देशबीचको दशकौंदेखिको विकास साझेदारी अझ प्रभावकारीरुपमा अघि बढाउनेलगायत विषयमा छलफल भएको थियो ।



source https://www.onlinekhabar.com/2019/09/799366

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More