Sunday 29 September 2019

चीनमा बस र ट्रक ठोक्किँदा ३६ जनाको मृत्यु, ३६ घाइते

१३ असोज, काठमाडौं । चीनमा भएको सवारी दुर्घटनामा परी ३६ जनाको मृत्यु भएको छ । देशको पूर्वी जिङ्सु प्रान्तमा भएको दुर्घटनाका कारण अरु ३६ जना घाइते भएको स्थानीय अधिकारीहरुले आइतबार जानकारी दिएका छन् ।

स्थानीय समय अनुसार शनिबार बिहान ७ बजे यात्रुबाहक बस राजमार्गमा गुडिरहेका बेला ३ जना मानिससहित आइरहेको ट्रकसँग ठोक्किएको थियो । दुर्घटनामा परेको बसमा ६९ जना यात्रु सवार थिए ।

प्रहरीले गरेको प्रारम्भिक अनुसन्धानका आधारमा बसको टायरको हावा फुस्किएर दुर्घटना भएको देखिएको छ । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



source https://www.onlinekhabar.com/2019/09/800232

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More