प्रविधिको प्रयोगमा रमाइरहेका हामीहरु कतिसम्म असुरक्षित भइरहेका छौं ? यो धेरैले जानेर पनि यसमा संवेदनशील बन्ने गरेका छैनन् । सीमित सुविधाको लागि हाम्रो निजी सुरक्षा र गोपनीयताको मामला दिनप्रतिदिन असुरक्षित बन्दै गएको छ । मनोरञ्जनको लागि हामीले चलाउने फेसबुकले हाम्रो सबै गोपनीयता संकलन गरेर राखेको छ । अरु सामाजिक सञ्जाल पनि त्यस्तै हुन् ।
कुनै समय उसले चाहेको बेलामा हाम्रा सबै गतिविधिहरुलाई दुरुपयोग गर्न पनि सक्ने गरी हामीले उसलाई हाम्रो विवरणहरु सुम्पिएका छौं । त्यो मात्रै नभएर अन्य विविध प्रविधिहरुले पनि हाम्रो गोपनीयता जोखिममा पारेका छन् ।
अमेरिकी भन्सार एवं सीमा सुरक्षा विभागले छिट्टै नै देशको २० वटा मूलभूत एयरपोर्टमा फेसियर लिकग्नेशन सिस्टम सुरु गर्ने तयारी गरेको छ । अक्टोबर २०२० सम्म लगभग सबै एयरपोर्टमा अमेरिकाले यस्तो प्रविधिको विकास गर्ने तयारीमा जुटेको छ । अमेरिकाको तयारी अनुसार एयरपोर्टमा सो प्रविधिको प्रयोगले विमानस्थलमा कर्मचारीको संख्या र बोर्डिङ टाइममा समेत कमी आउने बताईएको छ । यो प्रविधिको प्रयोगले बोडिङ टाइम ९ मिनेट बचत हुने बताईएको छ ।
कैयौं देशमा हुँदैछ प्रविधिको विकास
अमेरिका मात्रै होइन बि्रटेन, कनाडा, अस्ट्रेलिया, युएई, जापान, चीन, जर्मनी, रूस, आयरल्याण्ड, स्काटल्याण्ड, स्विट्जरल्याण्ड, फ्रान्स, न्यूजिल्याण्ड, फिनल्याण्ड, हङगकङग, नेदरल्याण्ड, सिंगापुर, रोमानिया, कतार, पानामा जस्ता देशहरुमा पहिलेदेखि नै यस्ता प्रविधिको विकास भइसकेको छ ।
यसको सबैभन्दा पहिले प्रयोग चीनमा भएको थियो । त्यसपछि यो जर्मनीमा पुग्यो । विश्वका सबै देशहरुले यसको प्रयोग आतंकवाद विरुद्ध गरिरहेको छ । अब विश्वले यस्तो प्रविधिको विकाससँगै बायोम्याटि्रक स्त्रिmनिङग सिस्टमको यस व्यवस्थालाई लागू गराउने तयारी गरिरहेको छ ।
छिमेकी मुलुक भारतले पनि पहिलो प्रयासको रुपमा ब्याङ्लोर अन्तराष्टि्रय विमानस्थललाई पेपरलेस विमानस्थल बनाउने तयारी गरिरहेको छ । यसको अर्थ विश्व नै अब मानिसको शरीरलाई स्क्यानिङ गरेर सबै जानकारी लिन सक्ने प्रविधिको विकासमा लागिरहेको छ ।
बायोमेट्रिक प्रविधिमा प्यासेन्जरहरुको अनुहार नै उनीहरुको पहिचान हुनेछ । त्यसले हामीहरुको निजी जिन्दगीको गोपनीयतालाई संकटमा पार्ने निश्चित छ । यो प्रविधिले अनुहार देखाएपछि कुनैपनि झण्झट बिना नै यात्रुहरु बोर्डर पास हुन सक्नेछन् । यसको लागि बोर्डिङ पास, पासपोर्ट या त अन्य आईटी सामग्रीहरु देखाउन पर्दैन । यस्ता प्रविधिहरु हरेक देशले सबैभन्दा पहिले आफ्नो एयरपोर्टमा राख्ने गरेका छन् । उनीहरुको एउटा फोटो खिचेपछि सबै तथ्यांकहरु त्यही विवरणमा आउने प्रविधिको विकास हुँदैछ ।
भलै यो प्रविधिले हामीहरुलाई धेरै फाइदा गर्दछ । तर, यसको नोक्सानी पनि त्यस्तै छ । तर, यसले काहीँ न काहीँ हाम्रो व्यक्तिगत विवरणको गोपनीयतामाथि भने संकट पैदा गर्दै गएको छ । यो प्रविधिले हामीहरुको हरेक गतिविधि जो कोहीले पनि ट्रयाकिङ गर्नसक्छ । को कहाँ जाँदैछ ? कसको कोसँग धेरै साँठगाँठ छ ? जस्ता विवरणहरु जोसुकै पहुँचवालाले पनि निगरानी गर्न सक्छ ।
यो प्रविधि हाम्रो निजी र गोप्य जीवनमा दुनियाँ घुस्ने एउटा बाटो हो । यो यस्तो किसिको जञ्जाल हो । जुन डाटाको रुपमा प्रयोग गर्ने गरिन्छ । साथमा यसले डाटा चोरी समेत गर्न सकिन्छ । जनता पनि यसप्रति विश्वस्त छैनन् । २०१८ मा गरिएको एक अध्ययनले अधिकांशले यसलाई अनुपयुक्त मानेका छन् । कूल २०० जना मध्ये ४४ प्रतिशतले यो अनुपयुक्त रहेको बताएका थिए । २७ प्रतिशतले मात्रै यसलाई राम्रो भनेका थिए । बाँकीले यसमा मत नै दिएनन् ।
source https://www.onlinekhabar.com/2019/10/807192
0 comments:
Post a Comment