१४ कात्तिक, काठमाडौं । म्यानचेस्टर युनाइटेड काराबाओ कप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
बुधबार राति भएको खेलमा म्यानचेस्टर युनाइटेडले चेल्सीलाई २-१ गोलअन्तरले पराजित गरेको हो । युनाइटेडको जितमा मार्कुस राष्फोर्डले दुबै गोल गरे । चेल्सीका लागि मिची बाटसुएयीले गोल फर्काएका थिए ।
खेलको २५औं मिनेटमा राष्फोर्डले पेनाल्टीबाट गोल गर्दै युनाटेडलाई १-० गोलको अग्रता दिलाएका थिए । खेलको ६१औं मिनेटमा बाटसुएयीले गोल गर्दै चेल्सीलाई १-१ गोलको बराबरी दिलाए । तर राष्फोर्डले खेलको ७३औं मिनेटमा गोल गर्दै २-१ गोलको जित दिलाएका हुन् ।
त्यस्तै, वोल्भसलाई पराजित गर्दै एस्टन भिल्ला पनि काराबाओ कप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
source https://www.onlinekhabar.com/2019/10/807364
0 comments:
Post a Comment