१० कात्तिक, काठमाडौं । प्रहरीले काठमाडौंको महाराजगञ्जस्थित एक जुवाखालबाट २५ जना पक्राउ परेका छन् । जुवाखालबाट नगद र चेकसहित साढे २ करोड बढी रकम बरामद भएको छ ।
महाराजगञ्जस्थित होटल साम्बालापछाडि रहेको विक्रम गाैतमको घरमा प्रहरीले छापा मारेको थियो । महानगरीय प्रहरी परिसरका प्रमुख उत्तमराज सुवेदीका अनुसार, जुवाखालबाट २ करोड ६७ लाख नगद र बैंक अफ काठमान्डूको ३ लाखको चेक बरामद भएको छ ।
पक्राउ परेका व्यक्तिहरूको नाम प्रहरीले खुलाएको छैन । स्रोतका अनुसार, पक्राउ पर्नेमा इन्द्रप्रसाद श्रेष्ठ, ‘क्यासिनो किङ’ भनिने बलराम सापकोटा (बले), शोभित सिलवाल लगायत छन् ।
*यसअघि प्रकाशित समाचारमा पक्राउ व्यक्तिको नाम अन्यथा पर्न गएकाले सच्चाइएको छ । स्रोतका कारण गलत सूचना सम्प्रेषण भएकोमा क्षमाप्रार्थी छौं ।सं
source https://www.onlinekhabar.com/2019/10/806597
0 comments:
Post a Comment