Thursday 31 October 2019

छिमेकीको पर्खालमा ठोक्किएर एक जनाको मृत्यु   

१४ कात्तिक,  भीमदत्तनगर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा छिमेकीको पर्खालमा ठोक्किएर एक जनाको मृत्यु भएको छ ।

मदिरा सेवन गरी घर जाने क्रममा छिमेकीको पर्खालमा ठोक्किएर शुक्लाफाँटा नगरपालिका–६ वनसमितिका ३९ वर्षीय तोरण भण्डारीको गएराति मृत्यु भएको इलाका प्रहरी कार्यालय झलारीले जनाएको छ ।

“बढी मात्रामा मादक पदार्थ सेवन गरेकाले पर्खालमा ठोक्किएर निधारमा गहिरो चोट लागेको प्रारम्भिक अनुसन्धानबाट देखिन्छ”, इलाका प्रहरी कार्यालय झलारीका प्रहरी सहायक निरीक्षक गजेन्द्र ऐरले भने, “बिहान मात्रै गाउँलेले शव देखेपछि प्रहरीलाई खबर गरेका हुन् ।” शव परीक्षणका अस्पताल पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।



source https://www.onlinekhabar.com/2019/10/807415

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More