Monday 28 October 2019

रानीपोखरीमा पनि भाइटीका, साँझ साढे सात बजेसम्म पूजा

१२ कात्तिक, काठमाडौं । दाजुभाइ दिदी बहिनी नहुनेहरुले आज काठमाडौंको रानीपोखरीमा पुगेर टीका लगाउँदैछन् ।

रानीपोखरीको बीच भागमा रहेको बालगोपालेश्वर मन्दिर २०७२ सालको भूकम्पका कारण भत्किएको र पुनर्निर्माण सम्पन्न नभइसकेकाले मन्दिरको मूर्ति बाहिरै टीका लगाइँदै छ ।

मन्दिरको पश्चिम ढोका बाहिर मूर्ति राखेर पूजाआजा गर्ने र भाइटीका लगाउने व्यवस्था मिलाइएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ ।

रानीपोखरीमा मंगलबार बिहान ७ बजेदेखि बेलुकी साढे सात बजेसम्म पूजा गर्ने व्यवस्था मिलाइएको प्राधिकरणले जनाएको छ ।



source https://www.onlinekhabar.com/2019/10/807072

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More