आज नेपालीहरुको दोस्रो ठूलो पर्व तिहारको मुख्य दिन एवं दीपावली । यो पर्व सामाजिक र सांस्कृतिक रुपमा जति महत्वपूर्ण छ । यो धार्मिक रुपमा त्योभन्दा महत्वपूर्ण छ । यो केवल हिन्दू धर्मसाग मात्रै होइन । यो त अरु सबै धर्मसाग यो दिनको उस्तै महत्व रहेको छ । साथमा यसको महत्व ऐतिहासिक रुपमा समेत महत्वपूर्ण छ ।
जसकारण यो पर्व कुनैपनि खास समूहको नभएर सम्पूर्ण विश्वमा र धेरैभन्दा धेरै धर्मले मनाउने गर्दछन् । दीपावलीसाग जोडिएको केही रोचक तथ्य हामीले तल प्रस्तुत गरेका छौं । जसले इतिहासको पानामा आफ्नो विशेष स्थान बनाइसकेको छ ।
श्रीराम र कृष्णसागको सम्बन्ध
त्रेता युगमा भगवान राम जब रावणलाई हराएर अयोध्या फर्किादै थिए । तब श्रीरामको आगमनमा अयोध्यावासीहरुले दीप जलाएर उनको स्वागत गरेका थिए । यो समेत कथा प्रचलित रहेको छ कि यसदिन नै श्रीकृष्णले आतताई नरकासुर जस्तो दुष्टको बध गरेका थिए ।
उनले त्यसरी बृजबासीहरुले आफ्नो प्रसन्नता दीपहरुलाई जलाएर प्रकट गरेका थिए । कृष्णले अत्याचारी नरकासुरको वध दीपावलीको एकदिन पहिले चतुर्दशीको दिन गरेका थिए । यस खुशीमा भोलिपल्ट आमावश्यामा गोकुलवासीहरुले दीप जलाएर खुशी मनाउन थालिएको हो ।
महाकालीको अवतार
राक्षसहरुको बध गर्नको लागि माता देवीले महाकालीको रुप धारण गरेको किंवदन्ती पनि त्यस्तै चर्चित छ । राक्षसको बध गरेपछि मात्रै महाकालीको क्रोध समाप्त भएको थियो । यसैको यादमा उनको शान्त रुप लक्ष्मीको पूजा गरेर दीपावली सुरु गरेको किंवदन्ती छ । यसै रात उनको रौद्र रुप कालीको पूजाको विधान छ ।
भगवान विष्णुसागको सम्बन्ध
महाप्रतापी तथा दानवीर राजा बलीले आफ्नो बाहुबलसाग तीन लोकमा विजय प्राप्त गरे । त्यतिबेला बलीसाग भयभीत देवताहरुको प्रार्थनामा भगवान विष्णुले वामन रुप धारण गरेर प्रतापी राजा बलीसाग तीन पग पृथ्वी दानको रुपमा मागे । महाप्रतापी राजा बलीले भगवान विष्णुको याचकलाई निराश नगराएर उनले मागेकै वर दिए । राजा बलीको दानशीलताबाट प्रभावित भएर भगवान विष्णुले बलीलाई पछि पाताल लोकको अधिपति बनाए भन्ने किंवदन्ती पनि त्यस्तै चर्चित छ ।
शिख धर्मसाग सम्बन्धित लक्ष्मीपूजा
कात्तिक आमावश्याको दिन जुन शिखको छैटौं गुरु हरगोविन्द सिंह जहाागीरको कैदबाट मुक्त भएर अमृतसर फर्किएका थिए । अमृतसरको स्वर्ण मन्दिरको निर्माण समेत दीपावलीको दिन नै सुरु भएको थियो ।
मोहन जोदडोसागको सम्बन्ध
मोहन जोडदोको सभ्यता भारत वर्षको सबैभन्दा पुरानो सभ्यता हो । आजभन्दा ५००० वर्ष पुरानो यो सभ्यता प्राप्त अवशेषहरुमा माटोको एक मूर्तिका अनुसार त्यस समय समेत दीपावली मनाईन्थ्यो भन्ने प्रमाण भेटिन्छ । त्यस मूर्तिमा माता देवीले दुबै हातमा दीप जलाईरहेको देखिन्छ ।
गौतम बुद्धसाग जोडिएको दीपावली पर्व
बौद्ध धर्मका प्रवर्द्धक गौतम बुद्धको समर्थक एवं अनुयायीहरुले गौतम बुद्धको स्वागतमा हजारौं लाख दीप जलाएर दीपावली मनाएका थिए । सम्राट विक्रमादित्यको राज्याभिषेक दीपावलीको दिन नै भएको थियो । यसकारण यस दिन दीप जलाएर दीपावली मनाईएको पनि अर्काे मान्यता छ । ईसा पूर्व चौथो शताब्दीमा रचित कौटिल्य अर्थशास्त्रका अनुसार कात्तिक आमावश्याको अवसरमा मन्दिर र घाटमा समेत बत्ती बाल्ने गरिन्छ ।
जैन धर्मसाग सम्बन्धित
जैन धर्मको चौबिसौं तीर्थकर भगवान महावीरले समेत दीपावलीको दिन नै बिहारको पावापुरीमा आफ्नो शरीर त्याग गरेका थिए । महावीर निर्वाण संवत् यसको दोस्रो दिनदेखि सुरु हुन्छ । यसकारण अनेक प्रान्तमा यस वर्षको सुरुवात भएको मानिन्छ । दीपोत्सवको वर्णन प्राचीन जैन ग्रन्थमा देख्न पाइन्छ । कल्पसूत्रमा भनिएको छ ‘महावीरको निर्वाणको साथ जुन अन्तर ज्योति सदाको लागि बन्द भयो । आओ हामी उनको क्षतिपूर्तिको लागि त्यही ज्योतिको प्रतीक दीप जलाऔं ।’
source https://www.onlinekhabar.com/2019/10/806603
0 comments:
Post a Comment