Wednesday 30 October 2019

खुम्बु भ्रमणमा आएका पर्यटकको मृत्यु

१३ कात्तिक, सोलुखुम्बु । खुम्बु क्षेत्रको भ्रमणमा आएका एक विदेशी पर्यटकको सुतैको ठाउँमा मृत्यु भएको छ । खुम्बु पासाङ ल्हामु गाउँपालिका–४ लबुचेमा बेलायती नागरिक केलीनु जोसेफको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मङ्गलबार बिहान होटलमा सुतिरहेकै अवस्थामा ५४ वर्षीय जोसेफको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक उत्तम कार्कीले जानकारी दिए ।

उनका अनुसार मृत्युको कारण भने खुल्न सकेको छैन । शवको मङ्गलबारै कानूनी प्रक्रिया पूरा गरी हेलिकप्टरमार्फत काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ ।



source https://www.onlinekhabar.com/2019/10/807228

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More