Saturday, 4 January 2020

कावासोतीकाे तोरीबारीमा गैंडा मृत फेला

२० पुस, नवलपरासी । पूर्वीनवलपरासीको कावासोतीमा एक गैंडा मृत फेला परेको छ ।

कावासोती–१०, रतौलस्थित मोहनीलाल पन्थीको तोरीबारीमा आइतबार बिहान अन्दाजी ६/७ वर्षको गैंडा मृत भेटिएको कावासोती नगरपालिकाका उपप्रमुख प्रेम शंकर मर्दनियाले जानकारी दिए ।

गैंडा मृत्युको कारण पत्ता लाग्न बाँकी रहेको लामीचौर वन उपभोक्ता समितिका अध्यक्ष वासुदेव पौड्याले जानकारी दिए ।

घटनास्थल पुगेको प्रहरीले अहिले मृत गैंडालाई घेरा हालेर राखेको छ ।



source https://www.onlinekhabar.com/2020/01/825939

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More