Monday, 6 January 2020

ए डिभिजन लिग : हिमालयन शेर्पा र फ्रेण्ड्स क्लब पहिलो जितको खोजीमा

२२ पुस, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगमा मंगलबार पाँचौ चरणको एकमात्र खेल हुँदैछ । दिउँसो ३ बजे दशरथ रंगशालामा हुने खेलमा हिमालयन शेर्पा क्लब र फ्रेण्ड्स क्लब भिड्दैछन् ।

चौथो चरणसम्म दुवै टोली जितविहीन छन् । त्यसैले दुवै टोली पहिलो जितको खोजीमा छन् । हिमालयनले ४ खेलमा दुई खेल बराबरी गर्दा दुई खेलमा हार बेहोरेको थियो । उता फ्रेण्सले शुरुवाती तीन खेलमा लगातार हार बेहोरेको थियो भने पछिल्लो खेलमा शीर्ष स्थानको मनाङ मर्स्याङ्दी क्लबलाई बराबरीमा रोकेको थियो ।

भारतीय खेलाडी उत्तम राईको आगमनपछि फ्रेण्ड्सले मनाङविरुद्ध १-१ को बराबरी खेलेको थियो । उनै उत्तमले मनाङविरुद्ध गोल गरेका थिए ।

चार खेलबाट २ अंक जोडेको हिमालयन शेर्पा १२ औं स्थानमा छ । समान खेलबाट फ्रेण्ड्सको १ अंकमात्र छ र १३औं स्थानमा छ ।



source https://www.onlinekhabar.com/2020/01/826585

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More