Friday, 10 January 2020

भारतमा नागरिकतासम्बन्धी संशोधित कानुन शुक्रबारबाट लागू

२६ पुस, काठमाडौं । तीव्र असन्तुष्टि र विरोधकाबीच नागरिकतासम्बन्धी संशोधित कानुन शुक्रबारबाट भारतभर लागू भएको छ । केन्द्र सरकारले संशोधित कानुन शुक्रबार राजपत्रमा प्रकाशित गरेकाले सोही दिनदेखि भारतभर नयाँ कानुन लागु भएको हो ।

राजपत्रमा प्रकाशित भएपछि कानुन आधिकारिक रुपमा लागू भएको मानिन्छ ।

नागरिकतासम्बन्धी संशोधित कानुनमा ६ वर्षदेखि भारतमा शरणार्थीको रुपमा बस्दै आएका अफगानिस्तान, बांगलादेश र पाकिस्तानका हिन्दू, शिख, बौद्ध, फारसी र इसाई धर्म मान्नेहरुलाई भारतीय नागरिकता दिने उल्लेख छ ।

तर यसमा मुस्लिम समुदाय नपरेपछि यो कानुन विभेदकारी भएको भन्दै भारतभर आन्दोलन चर्किएको थियो । आन्दोलनको क्रममा दुई दर्जन बढीको ज्यान गएको थियो ।

संशोधित कानुनअनुसार भारतमा कुनै व्यक्ति ११ वर्षदेखि लगातार बस्दै आइरहेको छ भने उसले पनि भारतीय नागरिकता पाउने छ । तर, अवैध तरिकाले भारत प्रवेश गरेकाहरुले भने नागरिकता पाउने छैनन् ।



source https://www.onlinekhabar.com/2020/01/827641

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More