Monday, 6 January 2020

अवैध रूपमा नेपाल प्रवेश गरेका १ तिब्बती र ४ भुटानी पक्राउ

२२ पुस, वीरगञ्ज । अवैध रूपमा नेपाल प्रवेश गर्न लागेका एक तिब्बती र ४ भुटानी नागरिकलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ ।

भारतको बोधगयाबाट काठमाडौं जान लागेको बा ५ ख २३८८ नम्बरको नेपाल–भारतमैत्री बसमा सवार  १ तिब्बती र ४ भुटानीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

४० यात्रुमध्ये एक तिब्बती र ४ भुटानी राहदानीबिनै नेपाल प्रवेश गर्न लागेको भेटिएपछि नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी नायब उपरीक्षक अमर खत्रीले बताए ।

पक्राउ पर्नेमा तिब्बती नागरिक ४० वर्षीय कुन्छोक तसोमो, भुटानी नागरिकहरू ६५ वर्षीया डोल्मा तामाङ, ४३ वर्षीय छोदेन तामाङ, १९ वर्षीया छुन्दु लह्मो र ७० वर्षीय ज्ञानबहादुर तामाङ छन् ।

डिएसपी खत्रीका अनुसार, आवश्यक अनुसन्धान र कारबाही प्रक्रियाका लागि उनीहरूलाई अध्यागमन कार्यालय, वीरगञ्जमा बुझाइएको छ ।

यसअघि गत असोजमा पनि नेपाल–भारतमैत्री बसबाट ३ हजार थान अवैध लागूऔषध बरामद भएको थियो ।



source https://www.onlinekhabar.com/2020/01/826571

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More