Thursday, 2 January 2020

हिमाली र पहाडी भेगको हवाई सेवा अवरुद्ध, अन्तर्राष्ट्रिय उडान जारी

१८ पुस, काठमाडौं । बाक्लो कुहिरो, वर्षा र हिमपातले पहाडी तथा हिमाली भेगको हवाई सेवा प्रभावित भएको छ ।

काठमाडौं विमानस्थलका अनुसार तराईका विमानस्थल र अन्तर्राष्ट्रिय उडान जारी रहे पनि पहाडी र हिमाली भेगका विमानस्थलमा उडान प्रभावित भएको छ ।

पोखरा-काठमाडौं उडान अहिले रोकिएको छ । सुर्खेत र दाङमा समेत काठमाडौंबाट शुक्रबार जहाज जान सकेन । नेपालगञ्जबाट दुर्गम भेगमा हुने सबै उडान अहिलेसम्म हुन नसकेको विमानस्थल कार्यालय नेपालगञ्जका प्रमुख प्रेम ठाकुरले जानकारी दिए ।

मुगुमा भारी वर्षातका कारण उडान हुन सकेको छैन । डोल्पा, जुम्ला, हुम्लाजस्ता क्षेत्रमा हिमपातले हवाई सेवा प्रभावित भएको छ ।



source https://www.onlinekhabar.com/2020/01/825559

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More