Thursday, 9 January 2020

काठमाडौंमा सटर फुटाएर चोरी गर्ने किशोरको ग्याङ, ५ समातिए

२५ पुस, काठमाडौं । काठमाडौंमा पसलका सटर फुटाएर चोरी गर्ने किशोरहरूको एक समूह नै सक्रिय रहेको फेला परेको छ ।

प्रहरीले यस्ता कार्यमा संलग्न ५ किशोरलाई काठमाडौंको सुकेधारा क्षेत्रबाट पक्राउ गरेसँगै  यस्तो तथ्य सतहमा आएको हो ।

महानगरीय प्रहरी वृत्त, महाराजगञ्जका प्रहरी नायब उपरीक्षक (डीएसपी) उमेश लम्सालका अनुसार, सटर फुटाएर चोरी गर्नेमा कार्यमा संलग्न ५ समाएिका छन् ।

पक्राउ परेका किशोरको साथबाट बरामद नगद, मोबाइल र लागूऔषध ।

पक्राउ पर्नेमा झापा स्थायी ठेगाना भई कपन बस्ने १६ वर्षीय आशिष आचार्य, गोरखा घर भई कपन बस्ने १७ वर्षीय आयुष थापा मगर, दोलखा स्थायी ठेगाना भएका १७ वर्षीय लालक्पा छिरिङ शेर्पा, रामेछापका १८ वर्षीय अजय मगर र धनकुटाका १६ वर्षीय सन्तोष धमला रहेका छन् ।
डीएसपी लम्सालका अनुसार, किशोरहरूले लागूपदार्थको नसामा लठ्ठिएर रातको समयमा चोरी गर्ने गरेका थिए ।

प्रहरीले उनीहरूको साथबाट नगद ५ हजार रुपैयाँ, विभिन्न कम्पनीका ७ थान मोबाइल बरामद गरेको छ । त्यस्तै, आधा किलो गाँजा र निट्राभेट ८० ट्ब्यालेटसमेत बरामद गरेको डीएसपी लम्सालले जानकारी दिए । डीएसपी लम्सालका अनुसार, उनीहरूमाथि अहिले अनुसन्धान भइरहेको छ ।



source https://www.onlinekhabar.com/2020/01/827396

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More