Friday, 10 January 2020

बानेश्वरबाट १३ जना जुवाडे समातिए

२६ पुस, काठमाडौं । महानगरीय प्रहरी वृत्त बानेश्वरले १३ जना जुवाडेलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा अधिकांश स्थानीय व्यावसायी छन् ।

विशेष सूचनाका आधारमा शुक्रबार साँझ खटिएको प्रहरी टोलीले काठमाडौं-३१ को एक घरमा जुवा खेलिरहेका १३ जनालाई पक्राउ गरेको हो । उनीहरुको साथबाट तीन लाख ७५ हजार ४९० रूपैयाँ नगदसमेत बरामद भएको छ ।

वृत्तका प्रमुख डीएसपी दुर्गाराज रेग्मीका अनुसार पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको छ ।



source https://www.onlinekhabar.com/2020/01/827654

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More