Thursday, 2 January 2020

अमेरिकाको आक्रमणबाट इरानी कुद्स फोर्सका प्रमुख मारिए

१८ पुस, काठमाडौं । अमेरिकी सेनाको हवाई आक्रमणमा परेर इरानी कुद्स फोर्सका प्रमुख जनरल मारिएका छन् । बगदाद अन्तर्राष्ट्रिय विमानस्थलमा शुक्रबार विहानै भएको आक्रमणबाट फोर्सका प्रमुख कासिम सोलेमानी मारिएको अमेरिकी रक्षा विभागले जनाएको छ ।

राष्ट्रपति डोनल्ड ट्रम्पको निर्देशनमा सोलमानी मारिएको अमेरिकी रक्षा विभागले उल्लेख गरेको छ ।

विभागका अनुसार सोलेमानीलाई उनीहरूले आतंकवादी घोषणा गरेका थिए । विदेशस्थित अमेरिकी सेना माथिको विभिन्न हमलामा सोलेमानीको हात रहेको विभागको दाबी छ ।

हवाई आक्रमणमा परेर हिजबुल्लाका कमाण्डर अबु महदी अल मुहादिस समेत मारिएको सञ्चार माध्यमहरूले जनाएका छन् ।



source https://www.onlinekhabar.com/2020/01/825523

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More