Saturday, 4 January 2020

सडक डिभिजन कार्यालयका तीन अधिकारी पक्राउ

१९ पुस, काठमाडौं । सडक डिभिजन कार्यालय, लहानका निमित्त डिभिजन प्रमुखसहित तीन जना घुस लिएको रकमसहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निमित्त डिभिजन प्रमुख विनोद साह, इन्जिनियर नविनकुमार साह र सवइन्जिनियर वीरेन्द्रकुमार साहलाई पक्राउ गरेको हो ।

विनोदको साथबाट तीन लाख तथा नविनकुमार र वीरेन्द्रकुमारको साथबाट १५ लाख ९६ हजार रुपैयाँ बरामद भएको छ । उनीहरुले रुपनी राजविराज कुनौली सडक निर्माणको अन्तिम बिल भुक्तानीका क्रममा घुस लिएको अख्तियारले जनाएको छ ।



source https://www.onlinekhabar.com/2020/01/825853

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More