Friday, 3 January 2020

सिन्धुपाल्चोकको ६ किलोमा फेरि सवारी दुर्घटना, ७ जना घाइते

१९ पुस, सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको ६ किलोमा फेरि अर्को सवारी दुर्घटना भएको छ । दुर्घटनामा ७ जना यात्रु घाइते भएका छन् ।

गत मंसिर २९ गते १६ जनाको ज्यान जाने गरी बस दुर्घटना भएको केही दिनपछि नै फेरि  जीप दुर्घटनामा परेको हो ।

जिल्ला प्रहरी कार्यालय, सिन्धुपाल्चोकले बा २ च ६९६५ नम्बरको जीप सुनकोशी गाउँपालिका–७ स्थित ६ किलो भन्ने स्थानमा सडकबाट १० मिटर तल खसेर दुर्घटना भएको जनाएको छ । जिप काठमाडौंको सीतापाइलाबाट दोलखाको कालिञ्चोकतर्फ जाँदै गर्दा दुर्घटना भएको खुलेको छ ।

घाइतेमध्ये एक जनाको टाउकोमा गहिरो चोट लागेको छ । अन्य घाइतेको अवस्था भने सामान्य रहेको इलाका प्रहरी कार्यालय बाह्रबीसेले जनाएको छ ।



source https://www.onlinekhabar.com/2020/01/825815

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More