Tuesday, 7 January 2020

ट्रम्पले भने- इरानले गरेको आक्रमणको समीक्षा गर्दैछौं

२३ पुस, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इराकस्थित अमेरिकी सैन्य अड्डामा इरानले गरेको आक्रमणको क्षतिबारे समीक्षा गरिरहेको बताएका छन् ।

इरानले इराकस्थित अमेरिकी सेना बसेको इरबिल र अल-असदमा ड्रोन आक्रमण गरेपछि ट्रम्पको यो भनाइ आएको हो ।

ट्रम्पले पनि इरानले अमेरिकी सैन्य अड्डा रहेका दुई ठाउँमा आक्रमण गरेको पुष्टि गरेका छन् । ट्वीटरमार्फत् आक्रमण भएको पुष्टि गर्दै उनले यसबारे छिट्टै एक बयान जारी गर्ने बताएका छन् । उनले लेखेका छन्, ‘अहिलेसम्म सबै ठीकठाक छ । हामीसँग विश्वकै शक्तिशाली सेना छन् । म बिहान एक बयान जारी गर्ने छु ।’

अमेरिकी ड्रोन आक्रमणमा आफ्ना सैन्य कमान्डर कासिम सुलेमानी मारिएपछि क्रुद्ध बनेको इरानले त्यसको प्रतिक्रियास्वरूप अमेरिकी सैन्य अड्डामा दर्जन बढी ब्यालेस्टिक मिसाइल आक्रमण गरेको बीबीसीले जनाएको छ ।

अमेरिकी सेनाले इराकको राजधानी बगदादमा गरेको आक्रमणबाट इरानी सैन्य कमाण्डर सुलेमानी मारिएका थिए । सुलेमानीको मृत्युबाट इरानलाई ठूलो क्षति पुगेको बताइन्छ । अमेरिका र इरान एकअर्काप्रति आक्रमणमा उत्रिएकाले मध्यपूर्व क्षेत्रमा तनाव सिर्जना भएको छ ।



source https://www.onlinekhabar.com/2020/01/826840

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More