Sunday, 5 January 2020

छापामा आज : अब जिस्क्याए मात्रै पनि १० लाख जरिवाना

२२ पुस, काठमाडौं । काठमाडौंबाट प्रकाशित दैनिक पत्रिकाहरूले विविध विषयलाई आफ्नो प्राथमिकतामा राखेका छन् ।

अमेरिकी ड्रोन आक्रमणमा मारिएका इरानी सेनाका कमान्डर जनरल कासिम सुलेमानीको अन्त्यष्टिका लागि भेला भएका मानिसहहरूको तस्वीर छापेको अन्नपूर्णले अब जिस्क्याए मात्रै पनि १० लाख जरिवाना हुने खबर छापेको छ । अन्य प्रचलित कानूनले सामान्य प्रकृतिको अपराधमा समेटे पनि सूचना प्रविधि विधेयकले कडा जरिवानाको प्रावधान राखेको हो । अन्नपूर्णले सामान्य र गम्भीर प्रकृतिका अपराधको जरिवानामा तादम्यता नमिलेको भन्दै आलोचना गरेको छ ।

अन्नपूर्ण लेख्छ– मुलुकी फौजदारी संहिताले हाडनाताभित्रको करणीमा ४० हजारदेखि १ लाख रुपैयाँसम्म जविाना हुने भन्छ । विधेयकअनुसार भने कसैले कसैलाई जिस्क्याए पनि १० लाख रुपैयाँसम्म जरिवानाको भागिदार बन्नुपर्ने अवस्था छ ।

विधेयकको दफा ८३ अन्तर्गत साइबर बुलिङ गर्न नहुने खण्डमा कसैले विद्युतीय प्रणालीको प्रयोग गरी अर्को व्यक्तिलाई हैरानी गर्ने, जिस्क्याउने, होच्याउने, अपमान गर्ने कार्य गरे कसुरको मात्रा हेरी १० लाख रुपैयाँसम्म जरिवाना, पाँच वर्षसम्म कैद वा दुवै सजाय हुने उल्लेख छ ।

हेर्नुहोस् आजका पत्रपत्रिकाका फ्रन्टपेज



source https://www.onlinekhabar.com/2020/01/826174

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More