Monday, 6 January 2020

आर्सनल एफए कपको चौथो चरणमा

काठमाडौं । आर्सनल एफए कपको चौथो चरणमा प्रवेश गरेको छ । रेइस नेल्सनले गरेको १ मात्र गोलको मद्दतमा आर्सनलले लिड्स युनाइटेडलाई १–० ले पराजित गरेको हो ।

घरेलु मैदान एमिरेट्स स्टेडियममा भएको खेलमा नेल्सनले ५५ औं मिनेटमा गोल गरेका थिए ।

आर्सनलले अब चौथो चरणमा प्रिमियर लिगकै अर्को क्लब बर्नमाउथसँग खेल्नेछ ।

यसअघि नै प्रिमियर लिगका ठूला क्लबहरु म्यानेचष्टर सिटी, लिभरपुल र चेल्सी चौथो चरणमा प्रवेश गरिसकेका छन् । टोटनह्याम र म्यानचेष्टर युनाइटेडले भने बराबरी खेलेकाले रिप्ले म्याच खेल्नुपर्नेछ ।

युनाइटेड वल्भ्ससँग र टोटनह्याम मिडलस्ब्रोसँग बराबरीमा रोकिएको थियो ।



source https://www.onlinekhabar.com/2020/01/826566

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More