Thursday, 9 April 2020

बालकोटको परेली आयुर्वेद हाउसमा शिलबन्दी

२८ चैत, काठमाडौं । भक्तपुरको बालकोटमा सञ्चालित परेली आयुर्वेद हाउस शिलबन्दी गरिएको छ ।

नियमविपरित आयुर्वेद हाउस सञ्चालन गरेको भन्दै औषधि ब्यवस्था विभाग बिजुलीबजार काठमाण्डौका फार्मेसी अधिकृत धनबहादुर बोहोरासहितको टोलीले उक्त हाउसमा शिलबन्दी गरेको हो ।

सूर्यविनायक नगरपालिका-३ बालकोटमा सञ्चालित परेली आयुर्वेद हाउसले अनुमति प्राप्त गरेको भन्दा भिन्न प्रकारका कस्मेटिक जन्यबस्तु उत्पादन गरेको पाइएपछि शिलबन्दी गरिएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायव उपरीक्षक दिपक गिरीले जानकारी दिए ।काभ्रेपलाञ्चोकको साविक बाङथली ९ स्थायी घर भएकी ३६ वर्षीया कमला उप्रेती (अर्याल)ले सञ्चालन गरेको आयुर्वेद हाउसको उत्पादन, प्याकिङ लेवलिङ साथै स्टोर गरेको कोठाहरु र मुख्य प्रवेशद्वारमा बिहीबार सिलबन्दी गरिएको उनले बताए ।

उक्त आयुर्वेद हाउसले घरेलु तथा साना उद्योग कार्यालय भक्तपुरबाट हर्बल जन्य बस्तु उत्पादन गर्ने अनुमति लिएको भएपनि अनाधिकृत रुपमा साबुन, बिभिन्न ब्राण्डका क्रिम, कपालमा लगाउने तथा मसाज गर्ने तेल, लोसन लगायतका कस्मेटिक सामानहरुको उत्पादन, प्याकिङ तथा लेवलिङ गरिएको पाइएको उनले बताए । सम्बन्धित बिभाग र निकायहरुसँगको समन्वयमा थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक गिरीले बताए ।



source https://www.onlinekhabar.com/2020/04/853152

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More