Saturday, 4 April 2020

रियल मड्रिडको नम्बर वान गोलकिपरका लागि प्रतिस्पर्धा गर्न चाहन्छु : लुनिन

काठमाडौं । एन्ड्री लुनिनले भविष्यमा रियल मड्रिडको पहिलो रोजाईंमा खेल्ने अवसर पाउने बताएका छन् । उनले लेगानेस र रियल भाल्लाडोलिडमा एक एक सिजन लोनमा बिताएका थिए ।

कोरोना भाइरसले फुटबल रोकिनु अघि उनले दोस्रो श्रेणीको स्पानिस लिगमा रियल ओभिएडोबाट केही समय खेल्ने अवसवर पाएका थिए ।

‘निश्चय नै मलाई रियल मड्रिडमा फर्कन मन छ र नम्बर १ पोजिसनका लागि प्रतिस्पर्धा गर्न चाहन्छु,’ उनले मड्रिस्टा रियल डटकमसँग भनेका छन्, ‘तर हामी के ही समयपछि हेर्नेछौँ कोचले के विचार गर्छन् र यो क्वारेन्टाइन पनि कस्तो अवस्था हुनेछ । मलाई आशा छ सबै राम्रै हुनेछ ।’

लुनिले भविष्यमा आफू रियल मड्रिडमा सफल हुनेसमेत विश्वास राखेका छन् । पक्कै पनि मैले मलाई रियल मड्रिडको गोलकिपरको रुपमा देखेको छु,’ लुनिनले भने, ‘यदी मैले नदेखेको भए रियल मड्रिड आउनुको कारण नै हुन्थेल । म त्यहाँ पुग्न सक्दो प्रयास गर्नेछु ।’

लुनिनले त्यो क्षण आप्नो लागि उत्कृष्ट हुने समेत बताए । ‘जब त्यो क्षण आउनेछ । मलाई लाग्नेछ कि त्यो मेरो जीवनकै उत्कृष्ट क्षण हुनेछ अझै राम्रो हुनेछ,’ उनले भनेका छन् ।

लुनिनले रियलको पहिलो रोजाईमा रहुनको दबाबबारे आफू सजग रहेको समेत बताए । उनले आलोचना सधैँ हुने भन्दै सबै खेल उस्तै नहुने बताए । ‘उदाहरणका लागि कुनै खेलमा एक पटक बल छुन पाउँछ अर्को खेलमा १० वटा बचाउ गर्नुपर्ने हुन्छ,’ लुनिनले भने, ‘तपाईंले गर्नुपर्ने एउटै मात्र कुरा भनेको कुनै पनि गेमको लागि तयार हुनु हो । तपाईं खेल भएको दिन तयार हुनुपर्छ ।’

सन् २०१८ मा युक्रेनी क्लब जोर्या लुहान्स्कबाट स्पानिस जायन्ट रियल मड्रिड पुगेको लुनिले त्यसयता तीन फरक क्लबमा लोनमा पुगे । युक्रेनका लागि २०१८ मा डेब्यु गरेर ५ खेल खेलिसकेका लुनिनले रियलका लागि अझै खेल्न पाएका छैनन् ।



source https://www.onlinekhabar.com/2020/04/851394

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More