Tuesday, 7 April 2020

मिलको पट्टामा बेरिएर कैलालीमा एक जनाको मृत्यु

२६ चैत, कैलाली । कैलालीमा मिलको पट्टामा बेरिएर एक किशोरीको ज्यान गएको छ । जिल्लाको जानकी गाउँपालिकास्थित कालुराम कठरीयाको मिलमा धान कुटाउन गएकी १५ वर्षीया निराशा चौधरीको पट्टामा बेरिएर ज्यान गएको हो ।

पट्टामा बेरिएर गम्भीर घाइते चौधरीको उपचार गर्न लैजानेक्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक दक्ष बस्नेतले जानकारी दिए ।

मंगलबार बिहान पट्टामा बेरिएर घाइते भएकी चौधरीलाई उपचारका लागि टीकापुर अस्पतालमा लगिएको थियो । टीकापुर अस्पतालले नेपालगञ्ज लैजान सुझाव दिएको र नेपालगञ्जबाट काठमाडौँ लैजाने क्रममा उनको मृत्यु भएको प्रहरी उपरीक्षक बस्नेतले बताए ।



source https://www.onlinekhabar.com/2020/04/852412

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More