बेलाबखत ‘लिची खाएर बालबच्चाको मृत्यु’ भन्ने खबर आउँछ । खासगरी भारतमा यस किसिमको घटना दोहोरिन्छ । वास्तवमा लिची विषालु हुन्छ ? यो खान नहुने फल हो ? पक्कै होइन । तर, खाली पेटमा खाँदा शरीरभित्र हुने रासयनिक प्रतिक्रियाको कारण यो घातक बन्ने गर्छ । लिची आफैमा स्वस्थ्यवद्र्धक फल हो ।
यसको अर्थ के भने, कुनैपनि खानेकुरा सही ढंगले सेवन गर्नुपर्छ । जस्तो दुध–दही अति स्वस्थ्यकर मनिन्छ । तर, दुध र दही कुन बेला खाने र कुन बेला नखाने भन्ने कुरा पनि छ । हरेक खानेकुरालाई सही ढंगले, सही समयमा, सही मात्रामा सेवन गर्दा मात्र त्यसबाट लाभान्वित हुने हो । नभए त खानेकुरा नै विष समान हुनपुग्छ ।
अतः यहाँ त्यस्तै खानेकुराको चर्चा गरिएको छ, जो खाली पेट खानु हानिकारक हुनसक्छ ।
गोलभेडा
गोलभेडा स्वादिलो हुन्छ र स्वस्थ्यकर पनि । यसलाई अचार बनाएर खान सकिन्छ, तरकारीमा मिसाउन सकिन्छ । सलादकै रुपमा पनि प्रयोग गर्दा हुन्छ । तर, गुणकारी गोलभेडा खाली पेटमा भने सेवन गर्नु हुँदैन । यसमा एसिड पाइन्छ, जसले खाली पेटमा रासायनिक क्रिया हुन्छ । यसले पेटमा अघुलनशिल जेल निर्माण गर्छ । यो जेल पेटमा स्टोन बन्ने कारण बन्न सक्छ ।
दही
दही स्वास्थ्यका लागि एकदमै लाभदायक हुन्छ । यसले पाचन क्रियामा पनि राम्रो असर गर्छ । तर, खाली पेटमा दही सेवन गर्दा त्यसले उल्टो असर गर्छ ।
केरा
केरा खानु राम्रो हो । तर, खाली पेटमा केरा सेवन गर्दा नराम्रो असर गर्छ । यसले शरीरमा म्यागनेशियम बढ्छ, जसले गर्दा क्याल्सियम र म्याग्नेसियको सन्तुलन बिग्रिन्छ ।
औषधी
धेरैजसो औषधी खाली पेटमा सेवन गर्दा प्रभावहिन मात्र हुने होइन, हानिकारक पनि हुन सक्छ । खाना खाइसकेपछि मात्र खाने औषधी आफुखुसी खाली पेटमा सेवन गर्नु हुँदैन ।
मदिरा
त्यसो त मदिराले स्वास्थ्यमा नराम्रो असर पु¥याउँछ । तर, खाली पेटमा यसको असर अझ बढी हानिकारक हुन्छ । खाली पेटमा मदिरा सेवन गर्दा त्यसको नकारात्मक प्रभाव शरीरमा पर्छ र अनेकौ रोगको जन्म दिन्छ ।
मसलेदार
कहिलेपनि खाली पेटमा मसलेदार खानेकुरा सेवन गर्नु हुँदैन । त्यस्ता खानेकुराले पाचन यन्त्रमा गंभिर असर पु¥याउन सक्छ ।
कफी
गर्मीमा भन्दा पनि जाडोमा कफीको लत बढी लाग्छ । अन्य समयमा कफी पिउनु खासै नराम्रो मानिदैन । यद्यपी खाली पेटमा भने कफी सेवन गर्नु हानिकारक हुन्छ ।
सोडा
सोडा खाली पेटमा सेवन गर्नु हुँदैन । किनभने यसमा उच्च मात्रामा कार्बोनेट एसिड हुन्छ । यदि तपाईले यसलाई खाली पेटमा पिउनु भयो भने नराम्रो असर गर्छ ।
source https://www.onlinekhabar.com/2020/04/852038






0 comments:
Post a Comment