Friday, 3 April 2020

अपराह्न ४ बजे मन्त्रिपरिषद् बैठक बस्दै

२२ चैत, काठमाडौं । सरकारले घोषणा गरेको लकडाउन र स्वास्थ्य सामग्री खरिदलगायतका विषयमा छलफल गर्न शनिबार ४ बजे बालुवाटारमा मन्त्रिपरिषद् बैठक बस्ने भएको छ ।

सरकारले चैत २५ सम्म लकडाउन घोषणा गरेको अवस्थामा यसलाई निरन्तरता दिने/नदिने बारेमा पनि मन्त्रिपरिषदमा छलफल हुने स्रोतले बतायो ।

त्यसैगरी स्वास्थ्य सामग्री खरिदका सम्बन्धमा पनि आजको बैठकमा छलफल हुने र अन्य नियमित एजेण्डामाथि छलफल गरिने बालुवाटार स्रोतले बतायो ।



source https://www.onlinekhabar.com/2020/04/851047

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More