२३ चैत, काठमाडौं । अमेरिकाको सबैभन्दा बढी कोरोना प्रभावित क्षेत्र मानिने न्युयोर्क राज्यमा अवस्था थप भयावह बनेको छ । त्यहाँ एकैदिन ६३० मानिसको मृत्यु भएको छ भने झण्डै इटलीभर देखिए बराबरको कोरोना संक्रमित भेटिएका छन् ।
न्युयोर्क राज्यमा कोरोनाबाट एकै दिन मृत्यु भएको यो अहिलेसम्मकै उच्च संख्या हो । योसँगै कोरोनाबाट त्यहाँ ज्यान जानेको कुल संख्या ३ हजार ५ सय ६५ पुगेको छ ।
जोन हप्किन्स विश्वविद्यालयका अनुसार, न्युयोर्क सिटीमा संक्रमणदर पनि ह्वात्तै बढेको छ । पछिल्लो तथ्यांक अनुसार, यो राज्यका मात्रै १ लाख १३ हजार मानिस कोरोना भाइरसको संक्रमणसँग जुधिरहेका छन् । यो संख्या झण्डै इटलीभर फेला परेको कोरोना संक्रमितको संख्याभन्दा मात्रै ११ हजार ६ सय ३२ ले कम हो ।
न्युयोर्क स्टेटका गभर्नर एन्ड्रिउ कुमोले ४ र १४ दिनमा संक्रमण थप बढ्ने बताएका छन् ।
कोरोनाको इपिसेन्टर बनेको अमेरिकाका ३ लाख मानिसमा कोरोनाको संक्रमण भेटिएको छ भने झण्डै ८ हजार मानिसको ज्यान गएको छ ।
source https://www.onlinekhabar.com/2020/04/851349






0 comments:
Post a Comment