Friday, 10 April 2020

फिफाका अध्यक्षले भने – फुटबल शुरु गर्न हतार नगरौं

२९ चैत काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले कोरोना महामारीले रोकिएको फुटबल सुरु गर्न हतार गर्न नहुने बताएका छन् ।

उनले फुटबललाई जति सक्दो चाँडो सुरु गर्न खोज्नु गैरजिम्मेवारीपन हुने तर्क गरेका छन् । कोरोना भाइरसका कारण विश्वभरका फुटबल गतिविधि अहिले स्थगित छ । कोरोना महामारीकै कारण युरो २०२० र कोपा अमेरिका एक बर्ष पछाडि धलेकिएको छ ।

‘मानव जीवनलाई खतरामा राख्नु भन्दा खेल नहुनु, प्रतियोगिता नहुनु, लिग नहुनु राम्रो हो’ इन्फान्टिनोले भनेका छन्, ‘खतरा मोल्नु भन्दा केही समय पर्खनु नै राम्रो हुन्छ ।’

विश्वभर महामारी फैलिए पनि बेलारुस, बुरुन्डी, ताजकिस्तानजस्ता देशमा घरेलु फुटबल चलिरहेको छ ।

फिफा अध्यक्ष इन्फान्टिनोले सुरक्षानै पहिलो प्राथमिकतामा हुनुपर्नेमा जोड दिए । शुक्रबार फिफाको २११ सदस्य राष्ट्रलाई सम्बोधन गर्दै उनले  आफूले फुटबल शुरु गर्न दबाब नदिने बताए ।

आफूहरुको पहिलो प्राथमिकता स्वास्थ्य नै भएको उनको भनाइ छ ।

‘यदि शतप्रतिशत सुरक्षित छैन भने फुटबल प्रतियोगिता पुन: शरु गर्नु गैरजिम्मेवार हुनु हो’ इन्फान्टिनोले नेका छन् ।

उनले यदि फुटबलबारे सबैले व्यक्तिगत स्वार्थ भन्दा माथि रहेर सोच्ने हो भने भविष्यमा फुटबल अझै राम्रो हुनेमा आफू विश्वस्त रहेको पनि बताएका छन् ।

फुटबललाई अब कसरी सुरुवात गर्ने भन्ने विषयमा विश्वभर नै छलफल भइरहेको छ ।

फुटबल गतिविधि नहुँदा कतिपय देशका क्लबले खेलाडीको तलब कटौती गरेका छन् र त्यसमा असहमति पनि व्यक्त हुँदै आएको छ ।



source https://www.onlinekhabar.com/2020/04/853456

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More