Saturday, 4 April 2020

राप्रपाका पूर्वसहकोषाध्यक्ष सुवेदीको निधन

२३ चैत, काठमाडौं । राप्रपाका पूर्व मुख्यसचिव तथा सहकोषाध्यक्ष विश्वेश्वर शर्मा सुवेदीको निधन भएको छ । लामो समयदेखि मधुमेह रोगबाट पीडित ६५ वर्षीय सुवेदीको आइतबार अमेरिकाको ड्यालसमा निधन भएको हो ।

तत्कालीन राप्रपा नेपालमा मुख्यसचिवको भूमिका निर्वाह गरेका सुवेदी राप्रपाको पूर्वसहकोषाध्यक्ष समेत बनेका थिए। लामो समय निजामती सेवामा रहेका सुवेदी सेवा निवृत्त भएपछि राप्रपामा क्रियाशील थिए ।

निजामती सेवामा रहँदा सुवेदीले लामो समय स्थानीय विकास मन्त्रालय र राप्रपा अध्यक्ष कमल थापा विभिन्न समयमा सरकारमा रहँदा उनको निजी सचिवालयमा रहेर काम गरेका थिए ।

सुवेदीको निधनमा राप्रपा अध्यक्ष कमल थापाले आफ्नो जीवनको आरोह अवरोहको अभिन्न सहकर्मी गुमाएको भन्दै श्रद्धाञ्जलि व्यक्त गरेका छन् ।

सुवेदीका श्रीमती र दुई छोरा छन् ।



source https://www.onlinekhabar.com/2020/04/851386

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More