Friday, 10 April 2020

यूरोपका ९ नेपाली राजदूतले एक महिनाको तलब कोभिड–१९ कोषमा दिने

२९ चैत, कोपनहेगन । युरोप विभिन्न देशमा कार्यरत नेपाली राजदूतहरुले एक महिनाकाको तलब कोरोना भाइरस (कोभिड –१९) संक्रमण रोकथाम तथा उपचार कोषमा दिने घोषणा गरेका छन् । कोषमा तलब जम्मा गर्नेहरुमा ९ जना राजदूतहरु छन् ।

राजदूतहरुले शुक्रबार अनलाइन भिडियो बैठक गरेर आफूहरुले कोषमा रकम दिने निर्णय गरेको डेनमार्कका लागि नेपाली राजदुत युवनाथ लम्सालले जनाए ।

यसरी तलब दिनेहरुमा डेनमार्कका लागि नेपाली राजदुत युवनाथ लम्साल, बेल्जियमका लोकबहादुर थापा, जर्मनीका रमेश खनाल, अष्ट्रियाका प्रकाश सुवेदी र फ्रान्सका दीपक अधिकारी छन् ।

त्यसैगरी स्वीटजरल्याण्डका नेपाली राजदूत मणि भट्टराई, बेलायतका दुर्गाबहादुर सुवेदी, रसियाका क्रृषि घिमिरे र स्पेनकी दाबा शेर्पाले पनि एक महिनाको तलब कोषमा जम्मा गर्ने घोषणा गरेका छन् ।



source https://www.onlinekhabar.com/2020/04/853468

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More