Friday, 25 June 2021

कर्णालीमा सर्वोच्चले पुनर्बहाली गरेका एमालेका ३ सांसद पुनः निलम्बित

१२ असार, सुर्खेत । नेकपा एमाले कर्णाली प्रदेश सभाका तीन जना सांसद पुनः निलम्बित भएका छन् ।

एमाले संसदीय दलको निर्णयअनुसारसांसद अम्मरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढालाई एक महिनाका लागि प्रदेश सभा सचिवालयले निलम्बन गरेको हो ।

प्रदेश सभा सचिवालयले सूचना जारी गर्दै एमाले संसदीय दलको शुक्रबार बसेको बैठकको निर्णयअनुसार तीन जना सांसदहरुलाई निलम्बन गरिएको बताएको छ ।

‘एमाले संसदीय दलको निर्णयको पालना नगरेकोले एक महिनाका लागि नेकपा एमाले संसदीय दल कर्णाली प्रदेशको संसदबाट निलम्बित गरिएको भनी प्रदेशसभा सचिवालय कर्णाली प्रदेशलाई जानकारी प्राप्त भएकोले सोही व्यहोरोको सूचना सम्बन्धित सबैको जानकारीका लागि प्रकाशित गरिएको छ,’ सचिवालयद्वारा जारी सूचनामा भनिएको छ ।

गत वैशाख ३ गते ˆलोरक्रस गरेर मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएका प्रकाश ज्वालासहित उनीहरु निलम्बनमा परेका थिए । तर, जेठ २७ गते सर्वोच्च अदालतले पुनर्बहाली गरिदिएको थियो ।

निलम्बनमा परेका थापा हाल भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्री, शाही भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री र बुढा उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री छन् ।

फ्लोर क्रस गर्ने अर्का सांसद प्रकाश ज्वालालाई भने निलम्बन गरिएको छैन । ज्वाला असार १ गते दलको बैठकमा सहभागी भएका थिए भने सोही दिन प्रदेश सभामा समेत प्रतिपक्षको आसनमा थिए ।

एमाले संसदीय दलको बैठकले पुनर्बहाली पछि तीनै जनालाई सरकारबाट फिर्ता बोलाएको थियो । तर मन्त्रीहरुले भने सरकारबाट फिर्ता नहुँने बताउँदै आउका छन् ।



source https://www.onlinekhabar.com/2021/06/974583

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More