Friday, 25 June 2021

रौतहटमा चट्याङ लागेर एक जनाको मृत्यु

१२ असार, रौतहट । रौतहटमा आज बिहान चट्याङ लागेर एक जनाको मृत्यु भएको छ ।

चट्याङ लागेर परोहा नगरपालिका-२ जिगडवा वेलबिछवाका ३५ वर्षीय शेख जमसैदको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

घर बाहिर बेसेका जमसेदलाई अचानक चट्याङ लागेपछि आफन्तले उपचारका लागि अस्पताल पुर्‍याएका थिए । उनको उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।



source https://www.onlinekhabar.com/2021/06/974601

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More