Friday, 2 July 2021

गोरखाको बारपाक र अजिरकोट जोड्ने पक्की पुल बाढीले भत्कायो

१९ असार, गोरखा । गोरखाको बारपाक र अजिरकोट जोड्ने पक्की पुल दरौंदी नदीको बाढीले भत्काएको छ ।

गएरातिको बाढीले बारपाक सुलिकोट गाउँपालिका र अजिरकोट गाउँपालिका जोड्ने पुलको एकातर्फको भाग भत्काएको हो ।
यो पुल पाँच वर्ष अगाडि मात्रै निर्माण सम्पन्न भएको स्थानीय बताउँछन् ।

स्थानीयका अनुसार वर्षा र बाढीले अन्य सडक र धानबालीमा समेत क्षति पुगेको छ ।



source https://www.onlinekhabar.com/2021/07/977891

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More