Monday, 5 July 2021

विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारी बर्खास्त गर्न गोविन्द केसीको माग

२२ असार, काठमाडौं । प्राध्यापक डाक्टर गोविन्द केसीले धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञा प्रतिष्ठानका उपकुलपतिसहित चार जना पदाधिकारीलाई बर्खास्त गर्न माग गरेका छन् ।

उपकुलपति ज्ञानेन्द्र गिरीलगायत रेक्टर, रजिस्ट्रार र अस्पताल निर्देशकले प्रतिष्ठानलाई धरासायी बनाएको भन्दै डाक्टर केसीले तत्काल बर्खास्त गर्न माग गरेका हुन् र

मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै डाक्टर केसीले भनेका छन्, ”अवस्था यतिसम्म भइसकेपछि बीपी प्रतिष्ठानका चारै शीर्ष पदाधिकारीहरुले थप एक मिनेट पनि पदमा रहने नैतिकता र वैधता गुमाइसकेका छन् । त्यसैले उनीहरुले तत्काल पद खाली गर्नुपर्छ ।”

दलीय भागबण्डाका आधारमा नियुक्त भएका शीर्ष पदाधिकारीहरुले प्रतिष्ठानमा राजनीतिक दलको कार्यकर्ता भएर काम गरेको उल्लेख गर्दै डाक्टर केसीले पदाधिकारी मापदण्ड निर्धारण समितिले सुझाव दिए अनुसार वरिष्ठता, इमान्दारी र योग्यताका वस्तुगत आधारमा नयाँ पदाधिकारी नियुक्त गरिनुपर्ने मागसमेत गरेका छन् ।

भ्रष्टाचार भएको भन्दै प्रतिष्ठानमा चिकित्सक, विद्यार्थी र कर्मचारीहरु पनि आन्दोलित छन् ।



source https://www.onlinekhabar.com/2021/07/979204

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More