Friday 17 June 2022

युक्रेन युद्धमा ३०० बालबालिकासहित १० हजार सर्वसाधारणको मृत्यु

४ असार, काठमाडौं । युक्रेनमा जारी युद्धमा १० हजार भन्दा धेरै सर्वसाधारण नागरिक मारिएको संयुक्त राष्ट्र संघ (यूएन) ले दाबी गरेको छ । युद्धमा मारिनेमा सयौं बालबालिकासमेत रहेको संयुक्त राष्ट्रसंघको रिपोर्टमा उल्लेख छ ।

रिपोर्ट अनुसार युक्रेनको राजधानी किभमा यही जुन १६ तारिखको मध्यरातमा मात्रै करिब ४,५०९ जनाको मृत्यु भएको थियो भने ५,५८५ जना घाइते भएका थिए । मृत्यु हुनेमा २९४ बालबालिका रहेको राष्ट्र संघले जनाएको छ ।

धेरै नागरिकको युद्ध प्रभावित क्षेत्रमा भएको विस्फोटमा परेर मृत्यु भएको हो, जहाँ तोप, मिसाइल र हवाई हमला भएको अलजजिराले जनाएको छ ।



source https://www.onlinekhabar.com/2022/06/1144226

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More