Tuesday 14 June 2022

सातामा दुई दिन सार्वजनिक विदा आजबाट खारेज

१ असार, काठमाडौं । सातामा दुई दिन सार्वजनिक विदा दिने सरकारको निर्णय आजबाट खारेज भएको छ ।

सम्भावित आर्थिक संकटको जोखिम रोक्न खर्च कटौती गर्ने उद्देश्यले सरकारले परीक्षणका लागि शनिबार र आइतबार दुई दिन सार्वजनिक विदा दिने निर्णय गरेको थियो ।

तर यो निर्णयको आलोचना भएपछि र लगातार दुई दिन विदा प्रभावकारी नदेखिएपछि सरकार उक्त निर्णयबाट पछि हटेको हो । गत सोमबार बसेको मन्त्रिपरिषद बैठकले सातामा दुई दिन सार्वजनिक विदा दिने यसअघिको निर्णय खारेज गर्ने निर्णय गरेको थियो ।

यसअघि सरकारले परीक्षणको रुपमा २०७९ जेठ १ गतेदेखि शनिबार र आइतबार सातामा दुई दिन सार्वजनिक विदा दिने तथा विहान ९ः३० बजेदेखि साँझ ५ः३० बजेसम्म कार्यालय समय कायम गर्ने निर्णय गरेको थियो ।



source https://www.onlinekhabar.com/2022/06/1142537

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More