Monday 13 June 2022

नेसन्स लिग : डेनमार्कको तेस्रो जित

३१ जेठ, काठमाडौं । यूईएफए नेसन्स लिगमा डेनमार्कले लगातार तेस्रो जित हात पारेको छ । लिग ए अन्तर्गत समूह ए मा रहेको डेनमार्कले सोमबार राति भएको खेलमा अष्ट्रियालाई २-० ले हरायो ।

घरेलु मैदान पार्केन स्टेडियममा भएको खेलमा डेनमार्कका लागि जोनास विन्डले २१औं र आन्द्रेस ओल्सनले ३७औं मिनेटमा गोल गरे ।

समूह ए मा चार मध्ये ३ खेल जितेको डेनमार्क ९ अंकसहित अंक तालिकामा शीर्ष स्थानमा छ । अष्ट्रेलिया ४ अंकसहित तेस्रो स्थानमा छ ।



source https://www.onlinekhabar.com/2022/06/1141999

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More