Tuesday 21 June 2022

बैंकिङ कसुरमा घिमिरे पक्राउ

८ असार, काठमाडौं । रकम नै नभएको बैंक खाताबाट चेक काटेर २ करोड ३२ लाख रुपैयाँभन्दा बढी ठगी गरेको आरोपमा खोटाङका उपेन्द्र घिमिरे पक्राउ परेका छन् ।

खोटाङको हलेसी नगरपालिका वडा नं. ६ स्थायी ठेगाना भई हाल भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं. ५ कटुन्जे बस्ने ३५ वर्षीय घिमिरेलाई प्रहरी वृत्त जगातीको टोलीले मंगलबार पक्राउ गरेको प्रहरी नायव उपरीक्षक राजु पाण्डेले जानकारी दिए ।

प्रनाउ पाण्डेका अनुसार उनी १० जना व्यक्तिहरुलाई आफ्नो रकम नभएको बैंक खाताको चेक काटेर २ करोड ३२ लाख ४० हजार रुपैयाँ बराबरको बैंकिङ कसुर गरी फरार भएका थिए ।



source https://www.onlinekhabar.com/2022/06/1146208

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More