Sunday 10 December 2023

मेनुका पौडेललाई चर्चित भारतीय फिल्म ‘सलार’मा गीत गाउने मौका

काठमाडौं । ‘इण्डियन आइडल’मा प्रतिस्पर्धा गरिरहेकी नेपालकी मेनुका पौडेलले प्रतीक्षित भारतीय फिल्म ‘सलार’मा गीत गाउने मौका पाएकी छन् ।

आइतबार राती प्रसारित इण्डियन आइडलको पछिल्लो एपिसोडमा मेनुका स्वयमले यो जानकारी दिएकी हुन् । सोनी टेलिभिजनले मेनुकाको यो क्षणलाई महत्वका साथ प्रसारण गरेको थियो ।

‘सालार’ फिल्मका संगीतकार रवि बसरुरको संगीतमा आफूले गीत गाउने मौका पाएको जानकारी गराएकी छन् । उनले भनेकी छन्- मेरो पहिलो प्लेब्याक गायनका लागि पहिलो गीत गाइरहेको छु । मेरो तर्फबाट निकै राम्रोसँग गाउनेछु ।’

 

उनले यो क्षणलाई आफ्नो ‘टर्निङ प्वाइन्ट’ भएको बताएकी छन् ।

मेनुकाले इण्डियन आइडलको स्टेजमा यो जानकारी गराएपछि खुशि र सम्मानमा सबै जजले उठेर सम्मान व्यक्त गरेका थिए । साथै, उक्त एपिसोडमा इण्डियन आइडलले मेनुकाले सालारका लागि स्टुडियोमा पुगेर गीत गाउन लागेको भिडियो पनि देखाएको छ ।

जज श्रेया घोषालले मेनुकालाई बधाई दिँदै केजीएफ निर्माता कम्पनीको नयाँ फिल्म सालार ठूलो प्रोजेक्ट रहेको र यसमा गाउन पाउनु खुशिको कुरा भएको बताएकी छन् । उनले संगीतकार बसरु अब्बल संगीतकार भएको पनि बताएकी छन् ।

साथै मेनुकालाई केही अघिको एपिसोडमा एक गेष्टले फिल्मका लागि प्रस्ताव समेत राखेका थिए । मेनुकाले इण्डियन आइडलमा पछिल्लो समय उत्कृष्ट प्रस्तुति दिइरहेकी छन् ।



source https://www.onlinekhabar.com/2023/12/1403375

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More