Sunday 3 December 2023

फेलिक्सको गोलमा बार्सिलोनाले एट्लेटिको मड्रिडलाई हरायो

काठमाडौं । जाओ फेलिक्सले गरेको एक मात्र गोल मद्दतमा बार्सिलोनाले स्पानिस ला लिगामा एट्लेटिको मड्रिडलाई १-० ले पराजित गरेको छ ।

फेलिक्सले आफ्नै पूर्व क्लब विरुद्ध गोल गर्दा बार्सिलोनाले ३ अंक जोड्न सफल भयो ।

पोर्चुगिज फरवार्ड फेलिक्सले २८औं मिनेटमा गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए ।

यस्तै एट्लेटिकोका मेम्फिस डिपाएले पनि पूर्व क्लब बार्सिलोना विरुद्ध गोल गर्ने अवसर पाएका थिए । तर उनको फ्रिकिक बार्सिलोनाका गोलकिपर इनाकी पेनाले बचाए ।

जितपछि १५ खेलबाट ३४ अंक जोड्दै बार्सिलोना तेस्रो स्थानमा उक्लेको छ । शीर्ष स्थानको रियल मड्रिड र दोस्रो स्थानको जिरोना भन्दा बार्सिलोना चार अंकले पछि छ ।  १४ खेलबाट ३१ अंक रहेको एट्लेटिको चौथो स्थानमा झरेको छ ।



source https://www.onlinekhabar.com/2023/12/1400407

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More