Tuesday 19 December 2023

सर्वोच्चमा प्रस्तावित ६ न्यायाधीशबारे सुनुवाइ समितिले आज निर्णय गर्दै 

४ पुस, काठमाडौं । सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि सिफारिस भएका ६ जनाबारे संसदीय सुनुवाइ समितिले आज निर्णय सुनाउँदै छ ।

न्याय परिषद्ले सर्वोच्च अदालतको न्यायाधीशमा सारंगा सुवेदी, अब्दुल अजिज मुसलमान, महेश शर्मा पौडेल, टेकप्रसाद ढुंगाना, सुनिल पोखरेल र बालकृष्ण ढकालको नाम सिफारिस गरेको थियो ।

उनीहरुमाथि गत शुक्रबारदेखि सुरु भएको सुनुवाइ गत सोमबार सकिएको थियो । सुनुवाइ सकिएकाले आज नाम अनुमोदनका लागि निर्णय हुन लागेको हो ।

निर्णयका लागि आज बिहान ११ बजे सुनुवाइ समितिको बैठक बस्दै छ । समितिले उनीहरूको नाम अनुमोदन गर्ने निर्णय गरेमा राष्ट्रपतिबाट शपथ ग्रहण गरी सर्वोच्च अदालतको न्यायाधीशका रूपमा कामकाज सुरु गर्ने छन् ।



source https://www.onlinekhabar.com/2023/12/1407913

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More