Wednesday 6 December 2023

अमेरिकाको लसभेगासमा गोली चल्दा ३ जनाको मृत्यु

२१ मंसिर, काठमाडौं । अमेरिकाको लसभेगासस्थित नेभाडा विश्वविद्यालय परिसरमा गोली चल्दा तीन जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् ।

प्रहरी कारबाहीमा संदिग्ध आक्रमणकारी पनि मारिएका छन् । मृतक र घाइतेको परिचय खुलेको छैन ।

लसभेगास शहरको प्रहरीले बुधबार बिहान भएको यो घटनाबारे सामाजिक सन्जाल एक्समार्फत् जानकारी दिएको हो । गोली चल्नुको कारण खुलेको छैन ।

प्रहरीका अनुसार यो घटना विश्वविद्यालयको बीम हल नजिक भएको हो, जहाँ बिजनेस स्कुल र अन्य सुविधाहरु छन् । प्रहरीले अहिले स्थिति नियन्त्रणमा रहेको र कुनै खतरा नरहेको जनाएको छ ।

ह्वाइट हाउसले पनि लसभेगासको स्थितिलाई नजिकबाट नियालिरहेको जनाएको छ ।

सन् २०१७ मा पनि अमेरिकाको लसभेगासमा एक बन्दुकधारीले गोली चलाउँदा आठ जनाको मृत्यु भएको थियो ।



source https://www.onlinekhabar.com/2023/12/1401787

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More