Thursday, 3 October 2019

नुवाकोटमा नयाँ नोट अभाव

१७ असोज, नुवाकोट । मागअनुसार प्राप्त नहुँदा नुवाकोटमा दशैँका लागि नयाँ नोटको अभाव भएको छ । नुवाकोटका लागि नेपाल बैंकले वितरण गर्ने गरी प्राप्त भएको रु दुई करोड नयाँ नोटले माग धान्न नसकेको हो ।

बैंकको शाखा कार्यालय विदुरबाट सोमबारदेखि बुधबारसम्म नयाँ नोट वितरण गर्ने जनाए पनि मागअनुसार नोट दिन नसकेको शाखा प्रमुख सुजन राजकर्णिकारले जानकारी दिए । उनका अनुसार नुवाकोटका लागि नेपाल राष्ट्र बैंकसँग तीन करोड रुपैयाँ माग गरे पनि त्यो अनुसार प्राप्त नहुँदा अभाव देखिएको हो ।

‘नयाँ नोटले माग धान्न नसकेपछि सटही गरिएको पुराना नोटका समेत अभाव भएको छ,’ शाखा प्रमुख राजकर्णिकारले भने, ‘दशैँको समयमा नयाँ नोट नै प्रयोग गर्नुपर्छ भन्ने भावना हटाउन जागरुक हुनुपर्ने देखिएको छ ।’

नयाँ नोट सटहीको जिम्मेवारी पाएको नेपाल बैंकले सीमित रकम आएको भन्दै अन्य बैंक तथा वित्तीय संस्थालाई रकम उपलब्ध नगराउँदा सेवाग्राही थप समस्यामा परेका छन् । दशैँको समयमा बैंकमा हुने चापले अन्य बैंकमा खाता भएका सेवाग्राही पैसा झिकेर सटहीका लागि नेपाल बैंक पुगे पनि त्यहाँ रकम नपाउँदा निरास भएका छन् ।



source https://www.onlinekhabar.com/2019/10/801226

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More