Monday, 6 January 2020

कर्णालीका ५ हजार युवाले रोजगारी पाउने

२२ पुस, सुर्खेत । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) अन्तर्गतका विभिन्न कार्यक्रममार्फत कर्णालीका पाँच हजार युवाले रोजगारी पाउने भएका छन् । सीटीईभीटीका आङ्गिक, साझेदारी सङ्घसंस्था तथा छोटो अवधिका लागि सञ्चालन गरिने निःशुल्क तालिमबाट ती युवाले रोजगारी पाउने भएका हुन् ।

सीटीईभीटी कर्णाली प्रदेश कार्यालयले सोमबार आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा चालू आर्थिक वर्षमा पाँच हजार युवालाई स्वरोजगार बनाउने जानकारी दिएको छ । कार्यक्रममा कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री दल रावलले सीटीईभीटीले सञ्चालन गर्ने कार्यक्रम पारदर्शी हुनुपर्ने बताए ।

‘सीटीईभीटी राज्यको लगानीलाई दुरुपयोग हुन नदिन प्रभावकारी अनुगमन संयन्त्रको विकास गर्नुपर्छ, गरीब र न्यून आयस्रोत भएका व्यक्तिका लागि यसका कार्यक्रम उपयोगी छन्’, उनले भने, ‘तर, बिचौलियाले कार्यक्रम लिएर झारा टार्ने, बजेट सक्ने काम भएको गुनासो पनि सुनिने गरेको छ, अब सीटीईभीटीले यसतर्फ ध्यान दिनुपर्छ ।’

सीटीईभीटीक्ँ कर्णाली प्रदेश निर्देशक हेमन्त पराजुलीले प्रदेश सरकारसँग सहकार्य गरेर कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता जनाए । ‘चालू आवमै पाँच हजारलाई रोजगारी दिएर आफ्नै गाउँ–ठाउँमा बस्ने वातावरण बनाउँछौं’, उनले भने ।

कार्यक्रममा प्रदेशअन्तर्गतका सिटीइभिटीबाट सम्बन्धनप्राप्त शिक्षण संस्थाका प्रमुख तथा प्रतिनिधि सहभागी थिए ।



source https://www.onlinekhabar.com/2020/01/826606

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More