Monday, 6 January 2020

भ्रमण वर्षको सुरुआत गर्दै इनासको ७३ औं शाखा अष्ट्रियामा गठन

भियना। अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) ७३ औं देशमा पुगेको छ। आइतबार अष्ट्रियाको भियनामा एक कार्यक्रमबीच इनास गठन भएपछि ७३ औं शाखाको रुपमा फैलिएको हो।

गैरआवासीय नेपाली संघ (एनआरएनए) पछि सबैभन्दा ठूलो संजालको हिस्सा इनासले लिएको हो। विश्वभरी छरिएर रहेका नेपाली कला तथा साहित्य प्रेमी नेपालीहरुको साझा संस्थाको रुपमा इनास निकै सक्रिय संस्था हो।

अष्ट्रियामा सन्तोषी भण्डारीको नेतृत्वमा इनासकाे कार्यसमिति गठन भएको छ। इनास ग्लोवल अध्यक्ष कमला दाहालले अष्ट्रिया समिति तथा केन्द्रीय प्रतिनिधिलाई सपथ ग्रहण गराइन् ।

यसअघि कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले नेपाली कला संस्कृति र साहित्यलाई चिनाउन मात्र नभइ नेपाल पर्यटन वर्ष २०२० लाई सफल पार्न इनासका सबै शाखाहरु सक्रिय हुनुपर्नेमा जोड दिइन्।

नेपाली राजदूतावास भियनाका उपनियोग प्रमुख अम्बरबहादुर कार्कीले कार्यक्रममा प्रमुखअतिथिको रुपमा बोल्दै इनास कार्यसमितिलाई बधाई तथा सफलताको शुभकामाना ब्यक्त गरे।

कार्यक्रममा इनास ग्लोबलका सल्लाहकार मित्रलाल पार्दै, महासचिव मनिष श्रेष्ठ, युरोप संयोजक सन्तकुमार थापा मगर, उपसंयोजक प्रकाश तिवारी, इनास अष्ट्रियाका संरक्षक आन्द्रेयास रेन्नेरलगायतले बोलेका थिए।

पर्यटन वर्ष २०२० को सुरुआत

नेपाल भ्रमण वर्ष सफल पार्न अष्ट्रियाका पर्यटकहरुलाई लक्षित गर्दै इनासले पर्यटन प्रबर्द्धन बिशेष कार्यक्रम सम्पन्न गरेको छ। उक्त अवसरमा भ्रमण वर्षलाई लक्षित गर्दै पोष्टर तथा भिडियो सामग्री तथा गीत, संगीत प्रस्तुत गरिएको थियो।

कार्यक्रममा बक्ताहरुले नेपालको भ्रमण गर्न र आफ्ना अष्ट्रियन साथीलाई नेपाल भ्रमणमा प्रोत्साहित गर्न आग्रह गरेका थिए।

अष्ट्रियन नागरिकहरुको समेत उल्लेख्य सहभागिता रहेको कार्यक्रममा स्थानीय कलाकारहरुले गीत तथा संगीत प्रस्तुत गर्दै मनोरन्जन प्रदान गरेका थिए ।



source https://www.onlinekhabar.com/2020/01/826598

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More