खानपिनको बानीको आधारमा मानिसहरु दुई प्रकारका हुन्छन्, शाकाहारी तथा मांसाहारी । यद्यपि, अचेल एउटा नयाँ शब्द निकै प्रचलनमा छ, भेगन । भेगन आहारमा पूर्ण रुपले केवल फल तथा सब्जिहरु मात्र समावेश हुन्छन् । भेगन डाइटलाई पछ्याउने व्यक्तिहरु दूध तथा दूधबाट बनेका उत्पादनहरु समेत सेवन गर्दैनन् ।
आज विश्वभरीमा भेगन मानिसहरुको संख्या उल्लेखनिय छ । सेलिब्रेटीहरुकाबीच त भेगन डाइटको प्रचलन केही बढी नै छ । फिल्मी कलाकारहरु तथा सेलिब्रेटीहरुले नै यो आहारलाई बढी लोकपि्रय बनाएका हुन् भन्दा फरक पर्दैन ।
अमेरिकाका ठूला सेलिब्रेटीहरु, जस्तो माइली साइरस, विनस विलियम्स, बियोन्से आदिलाई भेगन आहारको सद्भावना दूत नै मानिन्छ । उनीहरुकै देखासिखी गरेर बलीउडमा समेत थुप्रै अभिनेत्रीहरु भेगन भएको घोषणा गरिरहेका छन् । तीनमा सोनम कपूर, करीना कपूर, मल्लिका शेरावत जस्ता नामहरु समावेश छन् । यी बाहेक शाहिद कपूर, आमिर खान, अक्षय कुमार जस्ता ठूला अभिनेताहरुले समेत आफैंलाई भेगन भएको घोषणा गरिदिएका छन् ।
यद्यपि, आश्चर्यको कुरा के छ भने भेगन भएका व्यक्तिहरुमा पुरुषहरुको तुलनामा महिलाहरुको संख्या अत्यधिक बढी छ । अमेरिकामा भेगन भएका मानिसहरुको संख्या पत्ता लगाउनका लागि एउटा सर्वेक्षण गरिएको थियो । सर्वेक्षणमा स्याम्पल साइज ११ हजारको थियो । नतीजामा के पाइयो भने भेगन आहार लिनेहरुमा केवल २४ प्रतिशतमात्र पुरुषहरु छन् । भेगन आहार स्वास्थका लागि निकै नै फाइदाजनक छ, त्यही पनि पुरुषहरु यसतर्फ सजिलै किन आकषिर्त भैरहेका छैनन् त ?
मनोवैज्ञानिहरुका अनुसार पुरुषहरुलाई शायद के लाग्छ भने मासु खानु पुरुषार्थको निशानी हो । केवल फल-सब्जिहरु खानाले उनीहरुको पुरुषार्थमा चोट लाग्छ । समाजमा उनीहरुलाई तल्लो स्तरको नजरले हेर्न थालिन्छ ।
यस्तो सोच कसरी जन्मियो ?
अमेरिकाको यूनिभर्सिटि अफ कोलम्बियाका मनोवैज्ञानिक प्रोफेसर स्टीभन हाइनका अनुसार प्रँरम्भमा मानिसहरु भेट भर्नका लागि शिकार गर्दथे र मासु खान्थे । शिकार गर्ने काम पुरुषहरुको जिम्मामा छाडिएको थियो । त्यति बेला समाज जस्तो कुनै चीजको कल्पना समेत मानिसको दिमागमा थिएन, त्यति बेला पनि उनीहरु अप्रत्यक्ष रुपले पितृसत्तात्मक समाजमा नै बाँचिरहेका थिए । पुरुषहरुले शिकार गर्ने भएकैले उनीहरु मासु खानुलाई आफ्नो शानको रुपमा लिन्छे ।
अघि बढ्दै जाँदा बजारले पनि पुरुषहरुको उक्त सोच तथा बानीलाई अझ बढी प्राथमिकता दिन थाल्यो । १९ औं शताब्दीमा जब महिलाहरुले अलग पार्टीहरुमा खाना खान थाले, रेष्टुराँ तथा विज्ञापन प्रस्तुत गर्ने कम्पनिहरुले समेत खानालाई दुई वर्गमा बाँडिदिए । दाल, तरकारी, सलाद तथा दहीलाई महिलाहरुको खाना भन्न थालियो । जबकि, मासु, माछा, अण्डा आदिलाई पुरुषहरुको खान भन्न थालियो । यही सोचलाई हामी आज पनि आफ्नो अघिल्लो पुस्तासम्म पुर्याइरहेका छौं ।
सोय ब्वाइ एउटा विशेष प्रकारको शब्द हो, जुन ती युवक तथा पुरुषहरुका लागि प्रयोग गरिन्छ, जो सोयाबीनको सेवन अत्यधिक मात्रामा गर्छन् । भनिन्छ, सोयाबीन अत्यधिक सेवन गर्नाले पुरुषहरुको शारीरिक संरचना बिगि्रन्छ । यौन चाहनामा कमी आउन थाल्छ । त्यसो त, यसको कुनै वैज्ञानिक प्रमाण छैन ।
तर, यो सोच ठूलो मात्रामा रहेको पाइन्छ । सोय ब्वाई शब्द शब्दकोशसम्म मात्र समावेश छ । प्रोफेसर हाइनको भनाइमा थुप्रै पुरुषहरु रेष्टुराँमा खाना खाने समयमा सलाद अथवा तरकारी अर्डर गर्न लजाउँछन् । त्यस्ता खानेकुरा अर्डर गर्दा उनीहरुको पुरुषार्थमै शंका गरिने त होइन भन्ने उनीहरुमा भित्री डर हुन्छ ।
महिलाहरु बढी सहृदयी ?
अनुसन्धानमा के पनि पाइयो भने महिलाहरु, पुरुषहरुको तुलनामा बढी दयालु तथा सहृदयी हुन्छन् । जनावरहरुप्रति उनीहरुलाई विशेष लगाव हुन्छ । शायद त्यसैले पनि महिलाहरु पुरुषको तुलनामा बढी संख्यामा भेगन भएका हुन् । जनावरहरुको अधिकारहरुको लागि काम गर्नेहरुमा पनि महिलाहरुको संख्या नै अत्यधिक छ, करिव ७५ प्रतिशत । सन् १९४० मा अमेरिमकामा जनावरहरुको अधिकारको माग उठाउनेहरु दुई जना महिलाहरु नै थिए । जनावरहरुलाई माया गर्ने महिलाहरु मासु खाँदै खाँदैनन् भन्ने पनि होइन । अधिकांश अध्ययनहरुबाट के कुरा पत्ता लागेको छ भने त्यस्ता थुप्रै मानिसहरु छन्, जो जनावरहरुसंग आत्मियता त जनाउँछन्, तर मासु खान पनि मन पराउँछन् ।
वास्तवमा बजारमा मासुलाई यति सुन्दर र स्वच्छ तरिकाले बेचिन्छ कि त्यसलाई किन्ने व्यक्तिले उक्त मासु कुनै जनावरलाई मारेर, उसको शरीरबाट निकालिएको हो भन्ने कुरा नै बिर्सिन्छ । त्यसो त अधिकांश मासु पसलहरुमा जनावरहरुको आँखा, उनीहरुका छाला, खुट्टा, जिब्रो आदि राखिएको हुँदैन । यदि मासु पसलमा जनावरका यी सबै अंगहरु पनि सजाएर राखिने हो भने ग्रँहकहरुको मन परिवर्तन हुन सक्थ्यो ।
उनीहरुले मासु नै खान पनि छाडिदिन्थे कि ? रेष्टुराँहरुमा पनि मासुका परिकारका विभिन्न नामहरु हुन्छन् । जस्तो यदि कसैलाई सुँगुरको मासु खानु छ भने उसले यो शब्द प्रयोग गर्दैन । उसले ‘मलाई पोर्क चाहिएको छ’ भन्छ । खसीको मासु खान मन लागेको छ भने मटन भनेर अर्डर गर्छ । शायद, यी नामहरु जनावरको हत्याको पापबाट बच्नका लागि पो राखिएको हो कि ?
मासु खानेहरुसंग आफ्नो उक्त बानीलाई सही सावित गर्नका लागि प्रसस्त उदाहरणहरु अथवा कारणहरु समेत हुन्छन् । उनीहरु यसलाई दैविक खाद्य श्रृंखलाको एउटा अंग समेत भनिदिन्छन् । भनिन्छ, जनावरहरुलाई खाइएन भने भगवानको सृष्टि नै बिगि्रन्छ । मासुलाई भगवानको प्रसादको रुपमा खाइनु पर्दछ । केही विद्वानहरुका अनुसार मासु हरेक व्यक्तिका लागि प्रोटीनको आवश्यकता पुरा गर्नका लागि अनिवार्य छ । त्यसैले मासु खानुमा केही पनि खराबी छैन ।
सन् १९८० मा गरिएको एउटा अध्ययनले के भन्छन भने आदिम समाजमा पुरुषहरु नै शिकार गर्नर्े काम गर्दगे । उनीहरु शारीरिक रुपमा बलियो हुने भएकाले पनि शिकार गर्ने काम उनीहरुकै हुन्थ्यो । त्यसो त त्यस्तो समाज, जहाँ मासु खाने चलन अत्यधिक हुन्छ, त्यो पुरुष प्रधान समाज नै हुन्छ । जबकि खेतीपातीमा निर्भर समाज समानताको सिद्धान्तमा विश्वास राख्छ । किनभने त्यस्तो समाजमा महिलाहरुको सहभागिता पनि उत्तिकै हुन्छ ।
त्यसो त, पुरुषहरुको तुलनामा भेगन महिलाहरुको संख्या किन बढी छ भन्ने बारेमा थप अध्ययनहरु अहिले पनि जारी छन् । तर, एउटा ठूलो सत्य कुरा के छ भने महिलाहरु नै भेगन डाइडलार्य बढी अपनाइरहन्छन् । यसको एउटा ठूलो कारण शायद सहानुभूति पनि हो, जुन पुरुषहरुको तुलनामा महिलाहरुमा बढी हुन्छ ।
बिबिसीबाट
source https://www.onlinekhabar.com/2020/02/839893
0 comments:
Post a Comment