१६ फागुन, काठमाडौं । भारतीय कम्युनिष्ट पार्टीका युवा नेता कन्हैया कुमारले आफूविरुद्ध राजद्रोहको मुद्दा चलाउन सहमति दिएकामा दिल्ली सरकारलाई धन्यवाद दिएका छन् ।
‘सत्यमेव जयते’ अर्थात् ‘सत्यको जित हुन्छ’ भन्दै उनले दिल्ली पुलिस र सरकारी वकिलहरुलाई यस मुद्दालाई गम्भीरतापूर्वक लिन र फास्टट्र्याकबाट किनारा लगाउन आग्रह गरेका छन् ।
अरविन्द केजरीवाल नेतृत्वको सरकारले शुक्रबार कन्हैया कुमारसहित १० जनाविरुद्ध राजद्रोहको मुद्दा चलाउन सहमति दिएको थियो ।
दिल्ली सरकार को सेडिशन केस की परमिशन देने के लिए धन्यवाद। दिल्ली पुलिस और सरकारी वक़ीलों से आग्रह है कि इस केस को अब गंभीरता से लिया जाए, फॉस्ट ट्रैक कोर्ट में स्पीडी ट्रायल हो और TV वाली ‘आपकी अदालत’ की जगह क़ानून की अदालत में न्याय सुनिश्चित किया जाए। सत्यमेव जयते।
— Kanhaiya Kumar (@kanhaiyakumar) February 28, 2020
दिल्ली प्रहरीको आरोप पत्रमा कन्हैया कुमारसँगै भारतीय कम्युनिष्ट पार्टी (सीपीआई) नेता डा. राजाकी छोरी अपराजिता, जवाहरलाल नेहरु विश्वविद्यालय जेएनयू विद्यार्थी संघका नेता शैहला रशीदसहित ३६ जनाको नाम छ । आरोपपत्रसँगै सीसीटीभी फुटेज, मोबाइल फुटेज र अन्य दस्ताबेज प्रमाणको रुपमा पेस गरिएको छ ।
के हो मुद्दा ?
सन् २०१६ फेब्रुअरी ९ तारिखमा जवाहरलाल नेहरु विश्वविद्यालय (जेएनयू)मा केही अज्ञात व्यक्तिले भारतीय संसदमा हमलाका दोषी अफजल गुरुलाई मृत्युदण्डको सजायँ दिइएको विरोधमा प्रदर्शन गरेका थिए । प्रदर्शनको क्रममा केही युवाले भारतविरोधी नारा लगाएका थिए । त्यतिबेला कन्हैया कुमार जेएनयूको विद्यार्थी संघको अध्यक्ष थिए । उनले विरोध प्रदर्शनलाई सम्बोधन पनि गरेका थिए ।
प्रहरीले कन्हैया कुमार र उमर खालिदलाई राजद्रोहको आरोपमा त्यतिबेलै पक्राउ गरेको थियो । तर, दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले उनीहरुविरुद्ध मुद्दा चलाउन अनुमति नदिएपछि उनीहरु रिहा भएका थिए ।
यो पनि पढ्नुहोस नरेन्द्र मोदीलाई अत्याउने कन्हैया कुमार !रोचक कुरा त के छ भने केजरीवालले त्यतिबेला शानदार भाषण गरेको भनेर कन्हैया कुमारको प्रशंसा गरेका थिए, तर अहिले भने केजरीवालले नै कन्हैया कुमारलगायतलाई राजद्रोहको मुद्दा चलाउन अनुमति दिएको छ ।
कन्हैया कुमार सरकारका कट्टर आलोचक हुन् । उनी हालै भारतको लोकसभा निर्वाचनमा बिहारको बेगुसराय क्षेत्रबाट भारतीय कम्युनिष्ट पार्टीको उम्मेदवार बनेका थिए । कन्हैया कुमारलाई चुनाव प्रचारमा हौसला दिन नेपालका विद्यार्थी नेताहरु पनि बिहार पुगेका थिए । यद्यपि कन्हैया कुमार चुनावमा पराजित भए ।
source https://www.onlinekhabar.com/2020/02/840385
0 comments:
Post a Comment